थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनामा गरिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
३ मंसिर २०७७, बुधवार १६:३९ बजे प्रकाशित































