तिहारको आज चौथो दिन गाई, गोरु र हलीकोको पूजा गरिदै
आज तिहारको चौथो दिन आज गाई, गोरु र हलीको पूजा गरेर मनाइँदै छ । आज गाई, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
तिहारको चौथो दिन गोवर्द्धनको पूजाआजा गरी मनाइन्छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाइ गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुका साथै वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
आजै नेवार समुदायमा आत्म (म्ह) पूजा गर्दैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो । विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् ।
आज तिहारको चौथो गोवर्द्धन गरिदै
आज तिहारको चौथो दिन आज गाई, गोरु, र हलीको पूजा गरेर मनाइँदै छ । आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
तिहारको चौथो दिन गोवर्द्धनको पूजाआजा गरी मनाइन्छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाइ गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुका साथै वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
आजै नेवार समुदायमा आत्म ९म्ह० पूजा गर्दैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो । विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् ।

३० कात्तिक २०७७, आइतवार ०८:१८ बजे प्रकाशित