Alok

भारतमा कोरोना : सक्रिय संक्रमित घटे

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख १८ हजार ४४ जनाको मृत्यु भएको छ । हालसम्म ५ करोड ४३ लाख १८ हजार ८४१ जनालाई संक्रमण भएको छ ।

संक्रमितमध्ये ३ करोड ७८ लाख ६६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् भने ९८ हजार १२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म १ लाख २९ हजार ६७४ जनाको मृत्यु भएको छ भने ८८ लाख १४ हजार ९०२ ज्नालाई संक्रमण भएको छ ।

त्यस्तै ८२ लाख ३ हजार ७३७ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ८१ हजार ४९१ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार ४१ हजार ६५९ जनालाई कोरोना संक्रमण भएको छ भने ४४९ जनाको मृत्यु भएको छ ।


३० कात्तिक २०७७, आइतवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु