तिहारमा भिडभाड नगर्न उप–महानगरको अनुरोध

कोरोना संक्रमणको दर बढ्दै गएकाले तिहारमासमेत भिडभाड नगर्न धनगढी उप–महानगरपालिकाले अनुरोध गरेको छ ।

धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै चाडपर्वको समयमा हुने चहलपहलले संक्रमण फैलिने भएकाले घरभित्रै सुरक्षित भएर पर्व मनाउन आग्रह गरिएको छ ।

बिहीबार बसेको नगर कार्यपालिका बैठकबाट नगरवासीमा तिहारमा आयोजना हुने देउसी–भैलीका कार्यक्रम आयोजना नगर्न अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख नृपबहादुर वडले बताए ।


२८ कात्तिक २०७७, शुक्रवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु