बैतडीमा फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा आजै फेरि ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

तराईबाट दार्चुलातर्फ जान लागेको लु४प ६१७१ नम्बरको ट्याक्टर दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ४ जोलाबाँजमा आज दिउँसो करिब १ बजे ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ८ बर्दियाका अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। रित्तो ट्याक्टर कसरी पल्टियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२८ कात्तिक २०७७, शुक्रवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु