पाँच जनाको स्वाव परीक्षण गर्दा चार जनामा कोरोना देखिएपछि…
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ४ मा रहेको महाबौद्ध विद्यालय र छात्रावासमा पाँच जनाको स्वास्व परीक्षणमा चार जनामा कोरोना देखिएको छ ।
चार जनामा कोरोना संक्रमण भएको पाइएपछि विद्यालय र छात्रावास सिल गरिएको छ। कात्तिक २५ गते पाँच जनाको स्वाब परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय र छात्रावास सिल गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले सूचना जारी गर्दै जानकारी दिएको हो।
विद्यालय र छात्रावासमा कोरोना संक्रमित भेटिएपछि संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार सिल गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिएका छन्। विद्यालय तथा छात्रावासभित्र अनुमतिप्राप्त स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ।
२८ कात्तिक २०७७, शुक्रवार १५:४५ बजे प्रकाशित













