punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुतिरहेकी युवतीको मध्येरातमा गोली हानी हत्या

Chaupati
safha napa

रौतहटको माधवनारायणमा एक युवतीको गोली हानी हत्या गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरिएको हो।

राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र त्यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको सुक्ष्मरुपमा अनुसन्धान भैरहेकोले दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताए।

२०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन्। अमृताको हत्या भएपछि लौकाहाटोलका बासिन्दा त्रसित बनेका छन्। उनको सर्लाही  मधुवनगोठका रुपेश साहसँग विवाह भएको थियो। मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए। मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ।


२७ कात्तिक २०७७, बिहीवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु