आज फेरि घट्यो सुनको मूल्य
आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार सात सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सुन अघिल्लो दिनको तुलनामा तोलामा दुई सय रुपैयाँ बढेको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२७ कात्तिक २०७७, बिहीवार ११:२९ बजे प्रकाशित































