punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवरको उम्मेद्वारी घोषणा

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर ११ देखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभा तथा अधिवेशनका कुँवरले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको अध्यक्ष कुँवरले जानकारी दिए । उनले यहाँका उद्योगी व्यवसायीहरुको समस्या र एजेण्डाहरुलाई सशक्त रुपमा उठाउने प्रतिबद्धतासहित आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको बताए । साथै उनले व्यवसायीहरुबाट अत्याधिक मत पाएर विजयी हुने आशा पनि व्यक्त गरेका छन् ।

उनले आफूलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह पनि गरेका छन् । कैलाली उद्योग वाणिज्यले पनि अध्यक्ष कुँवरलाई केन्द्रीय सदस्यमा विजयी गराउउन आग्रह गर्दै प्रचार प्रसार गर्न सुरु गरेको छ ।


२४ कात्तिक २०७७, सोमवार २०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु