punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी, ४३ हजार बढी व्यक्ति परीक्षण

Chaupati
safha napa

कोरोनाभाइरस विरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत ब्यक्तिलाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउने दाबी गरिएको छ । खोप विकास गरेको पीफिजर र बायोएनटेकले खोपको सकारात्मक परिणाम आएको दिनबारे “मानव र विज्ञानका लागि उपलब्धिको दिन” भनेर टिप्पणी गरेको छ ।

छ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकर्ताले दाबी गरेका छन् । कम्पनीले यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी गरेको छ । राम्रो उपचार पद्धतीसँगै खोपको प्रयोगले विश्व समुदायमा लागेको प्रतिबन्धबाट उन्मुक्ति पाउने विश्वास गरिएको छ ।

बिगत्मा गरिएको ट्रायलले खोप लगाएपछि शरीरमा एन्टीबडी बनाउनुका साथैै प्रतिरक्षा प्रणाली ‘टी सेल्स’ निर्माणमा सहयोगी सिद्ध भएको छ । तीन साताको अन्तरालमा दुई डोज आवश्यक पर्नेछ । अमेरिका, जर्मनी, ब्राजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको ट्रायलले दोस्रो डोज लगाएको सातदिनभित्र ९० प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ ।

बीबीसीका अनुसार पीफिजरले यसै वर्षको अन्त्यसम्म खोपको पाँच करोड डोज उपलब्ध गराउने विश्वास गरेको छ । सन् २०२१ को अन्त्यसम्म एक अर्ब २१ करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ । यद्दपी खोप आपूर्तिको क्रममा सबैतर्फ पहुँच बढाउन चुनौतीपूर्ण हुने कम्पनीले जनाएको छ । खोप आपूर्तिका लागि माइनस ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्नेछ ।

कम्पनीले भने अझै एक पटक खोप लगाएपछि कति दिनसम्म काम गर्ने र कुन उमेर समूहमा कत्तिको प्रभावकारी हुने सम्बन्धमा खुलाएको छैन् ।

पीफिजरका अध्यक्ष डा। अल्बर्ट बौर्लाले भन्नुभयो, “विश्व स्वास्थ्य संकटको समस्याले पिरोलिरहँदा त्यसको अन्त्यका लागि हामीले छिट्टै नै ब्रेक थ्रु गर्न महत्वपूर्ण चरणमा पुगेका छौं ।” बायोएनटेकका फाउन्डर समेत रहनुभएका प्राध्यापक उगुर शाहिनले कोसेढुङ्गाको रुपमा अथ्र्याउनुभएको छ ।

प्रस्तुत गरिएको तथ्याङ्क भने अन्तिम विश्लेषण नभएको उल्लेख गरिएको छ । उक्त तथ्याङ्कले पहिलो पटक प्रयोग गरिएका ९४ जनाको पूर्ण परिणाममा निर्भर रहेकोले प्रभावकारितालाई लिएर केही परिवर्तन हुन सक्ने बताइएको छ । बेलायतले यसअघि नै आफ्ना दुई करोड नागरिकका लागि उक्त खोप आपूर्तिका लागि चार करोड डोज उपलब्ध गराउन सम्झौता गरिसकेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले उक्त खबर सुनेर आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए। यद्यपी खोप लगाएर परिवर्तनको अनुभूति हुन अझै लामो यात्रा गर्न बाँकी रहेको उनले बताए । गोरखापत्र दैनिक


२५ कात्तिक २०७७, मंगलवार ०६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु