punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करिब डेढ लाख बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

बैतडीमा भारतको झुलाघाटबाट नेपाल भित्रिरहेको करिब डेढ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको बिँडी बरामद गरेको हो ।

शनिबार राति जिल्लाको दशरथचन्द नगरपालिका–६ सुकुट्टीबाट १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए ।

बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको उनले जानकारी दिए ।


२४ कात्तिक २०७७, सोमवार १६:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु