धनगढीका थप २९ जनामा कोरोना संक्रमण

कैलालीको धनगढीमा आज थप २९ जनासहित सुदूरपश्चिममा प्रदेशमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४१ नमुना परीक्षण गर्दा धनगढीका २९ जना सहित ६३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार धनगढीका २९, टिकापुर र घोडाघोडीका २÷२, भजनीका ८, गोदावरीका ३, स्थानीयतह नखुलेका अन्य ३ गरी कैलालीका ४७, बेलौरीका ८ र भिमदत्तका ७ गरी कञ्चनपुरका १५ र अछामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


२४ कात्तिक २०७७, सोमवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु