नेपालमा थप २८२४ जना कोरोना संक्रमण, ३६२० संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।
१६ कात्तिक २०७७, आइतवार १६:४५ बजे प्रकाशित































