punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका २३ र कञ्चनपुरका ९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा तीन सय तीन जनाको परीक्षण गरिएकोमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये कैलालीका २३ र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीमा देखिएका संक्रमिमध्ये धनगढी उपमहानगरपालिकाका मात्रै १३ जना छन् । जसमा वडा नम्बर ३ का पाँच जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका चार जना, टीकापुर नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्किचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।


१६ कात्तिक २०७७, आइतवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु