punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा कोरोना संक्रमण उच्च विन्दुमा, एकैदिन थपिए हालसम्मकै धेरै संक्रमित

Chaupati
safha napa

अमेरिकामा एकैदिन हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

गएको २४ घन्टामा त्यहाँ एक लाख एक हजार ३४९ जना संक्रमित फेला परेका छन्। कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो।

कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो। अमेरिकामा अघिल्लो दिन बिहीबार पनि ९१ हजार ८३४ र बुधबार ८१ हजार ८११ नयाँ संक्रमित फेला परेका थिए।

मृत्यु हुनेको संख्या पनि दैनिक एक हजार आसपास हुने गरेको छ। गएको २४ घन्टामा ९८५ जनाको मृत्यु भएको छ। बिहीबार एक हजार ४१ र बुधबार एक हजार ३० जनाको मृत्यु भएको थियो।

अमेरिकामा अहिलेसम्म ९१ लख २३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये दुई लाख ३३ हजार १३० जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या २९ लाख ५६ हजारभन्दा बढी छ।

अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदै गर्दा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। त्यहाँ ३ नोभेम्बरमा (आगामी मंगलबार) चुनाव हुँदैछ। तर, अग्रिम मतदानको सुविधालाई करीब १० करोड मतदाताले उपयोग गर्ने अनुमान गरिएको छ। शुक्रबारसम्ममा त्यहाँ आठ करोड जनाले मतदान गरिसकेका छन्।


१५ कात्तिक २०७७, शनिवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु