सुनको मूल्य थप आठ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा थप आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४० रुपैयाँँ पुगेको छ । सुन हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


५ कात्तिक २०७७, बुधवार ११:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु