कोरोना भाइरसबारे नयाँ तथ्य फेला

एक नयाँ शोधमा कोरोना भाइरसको संक्रमण मानिसको छालामा ९ घण्टासम्म जीवित रहन सक्ने पत्ता लागेको छ । जापानी शोधकर्ताहरुले यो तथ्य पत्ता लगाएका हुन् ।

त्यसैले महामारीसँग लड्नको लागि बारम्बार हात धोइराख्नु पर्ने उनीहरुले बताएका छन् । तुलनात्मका रुपमा फ्लूका कारण बन्ने प्याथोजन्स करिव १।८ घण्टासम्म मानिसको छालामा रहने पत्ता लागेको हो ।

शोधमा एसएआरएस सीओवी २ नौ घण्टासम्म मानव छालामा रहीराख्ने भएकोले कोरोनाको जोखिम बढ’न सक्ने उनीहरुले बताएका छन् ।
उनीहरले मृत्युको एक दिन अगाडि संक्रमितहरुको छालाको परीक्षण गरेका थिए ।


५ कात्तिक २०७७, बुधवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु