सहमहामन्त्री खुलातर्फ पाँच हजार मतगणना हुँदा कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणनामा सहमहामन्त्री खुलातर्फ पाँच हजार ८९ मतगणना भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा रामहरि खतिवडाले दुई हजार १७८ र अजय सिवाकोटीले एक हजार ५५६ मतसहित अग्रता लिइरहेका छन् ।

डिल्लिराम सुवेदीले एक हजार ३३०, देवेन्द्रराज कँडेलले १,०१२, राजीव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन् ।


२७ असोज २०८३, मंगलवार ०६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु