जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा

डडेलधुरा। डडेल्धुरा जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ । एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए ।

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ । उहाँका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।


१३ वैशाख २०८३, आइतवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु