सुनको मूल्य एकै दिन २७ सयले बढ्यो, तोलाको फरि ३ लाख नजिक

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।


१३ वैशाख २०८३, आइतवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु