punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वास्थ्य उपचारका लागि बुधबार बिहान भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री शाह बिहान करिब ६ बजे स्थलमार्ग कञ्चनपुरको गड्डा चौकी नाका हुदै उपचारका लागि नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । उनी केही दिन त्यहाँ रहने र आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गराउने सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भईरहेको छ ।

मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य जाँच तथा आवश्यक उपचारका लागि दिल्ली गएका हुन् । मुख्यमन्त्री शाह पहिले पनि दिल्ली उपचार गराएका थिए भने अहिले फलोअपका लागि पुनः गएका हुन् । मख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्री बहादुर थापालाई कार्यबहाक मुख्यमन्त्रीको जिम्मेबारी दिएको छ ।

प्रदेश सरकारका स्रोतका अनुसार मुख्यमन्त्री शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यहरू नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। साथै आवश्यक निर्णय प्रक्रियामा कुनै अवरोध नआउने गरी समन्वय गरिएको जनाइएको छ।


२ वैशाख २०८३, बुधवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु