नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति  लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आज वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा आफूलाई गर्व महसुस भएको र अब वाचा कार्यान्वयतर्फ अघि बढ्ने बताए ।

उनले वाचापत्रमार्फत परिवर्तन ल्याउने वाचा नागरिकसँग गरेको स्मरण गर्दै त्यो जिम्मेवारी आफ्नो काँधमा आएको पनि बताए । उनले भने, “त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो काँधमा रहेको छ, मलाई विश्वास छ हामी त्यो जिम्मेवारी पूरा गर्छौँ ।”


१३ चैत २०८२, शुक्रवार २२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु