कञ्चनपुरमा भारतीय कारको ठक्करबाट एक वृद्धको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा भारतीय कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका– ५ बनगाउँका ६५ वर्षिय साइकल यात्री मोहन शाहीको भारतीय कारको ठक्करबाट मृत्यु भएको हो ।

बनगाउँस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले शाहीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाईते भएका शाहीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार र भारतको रुद्रपुर बस्ने ४० वर्षीय कार चालक राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


८ चैत २०८२, आइतवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु