एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको नेतालाबन्दी
धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको कार्यालयमा तालाबन्दी गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुरस्थित कृष्णपुर नगर कमिटीले दल नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । राजनीतिक नियुक्तिको विषयले एमालेमा विवाद चुलिएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको छ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले दल नेता रावललाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।
८ चैत २०८२, आइतवार १४:२२ बजे प्रकाशित













