सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।


८ चैत २०८२, आइतवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु