punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराबाट निर्वाचित जोशीको चुनाव खर्च १८ लाख ६१ हजार

Chaupati
safha napa

धनगढी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ताराप्रसाद जोशीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

उनले निर्वाचन अवधिमा कुल १८ लाख ६१ हजार ७५० रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका हुन्। खर्च विवरणअनुसार सबैभन्दा धेरै रकम वडास्तरीय प्रचारप्रसार तथा मतदाता प्रशिक्षण कार्यक्रममा खर्च भएको देखिन्छ। उक्त शीर्षकमा मात्रै ७ लाख १६ हजार १२० रुपैयाँ खर्च भएको छ।

यस्तै सवारीसाधन भाडा तथा इन्धनमा ४ लाख ६९ हजार ४८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। प्रचारप्रसारका लागि प्रयोग गरिएका झण्डा, ब्यानर र नमुना मतपत्र जस्ता सामग्रीमा २ लाख ४८ हजार ६३० रुपैयाँ खर्च गरिएको छ।

त्यसैगरी खाना, खाजा तथा बास खर्चमा २ लाख १३ हजार ५०० रुपैयाँ खर्च भएको छ भने जिल्लास्तरमा सचिवालय सञ्चालनका लागि १ लाख ४० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।

यसका अतिरिक्त मतदाता नामावली प्रिन्टका लागि १२ हजार रुपैयाँ, मनोनयन दर्ता धरौटीका लागि १० हजार रुपैयाँ र विविध खर्च शीर्षकमा ५२ हजार २० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

जोशीले निर्वाचन आयोगले तोकेको खर्च सीमा भित्रै रहेर चुनावी गतिविधि सञ्चालन गरिएको बताए। नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई हराउँदै जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार डडेल्धुरामा प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने व्यवस्था थियो।


२८ फागुन २०८२, बिहीवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु