punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर–३ मा नेकपाका मानबहादुर सुनार सहित १४ उम्मेदवारकाे धरौटी जफत

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य मानबहादुर सुनारको धरौटी जफत भएको छ।
यस क्षेत्रमा कुल ५३ हजार ५१५ मत सदर भएकामा धरौटी जोगाउन कम्तीमा १० प्रतिशत अर्थात् ५ हजार ३५२ मत आवश्यक थियो। तर सुनारले ४ हजार २८४ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा सुनारसहित १४ जनाको धरौटी जफत भएको छ। विजयी उम्मेदवारसहित चार जनाले मात्र आवश्यक मत प्राप्त गरी धरौटी जोगाउन सफल भएका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।रासस


२५ फागुन २०८२, सोमवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु