punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ सरकारले सुदूरपश्चिममा धार्मिक पर्यटन विकास गर्नुपर्छः मेयर हमाल

Chaupati
safha napa

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नयाँ बन्ने सरकारले सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटन विकासलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भारतको अयोध्या भ्रमणका क्रममा उनले त्यहाँ राम मन्दिर पुनर्निर्माणपछि बढेको आर्थिक गतिविधि र विकासको उदाहरण दिँदै नेपालमा पनि धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

मेयर हमालका अनुसार सुदूरपश्चिम प्रदेशमा अझै पनि ठूलो जनसंख्या गरिबी रेखामुनि रहेको छ। धार्मिक पर्यटनको विकासले गरिबी न्यूनीकरण गर्न तथा स्थानीय जनताको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको विश्वास छ।
उनले धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको संरक्षण, व्यवस्थापन र प्रभावकारी प्रचार–प्रसार गर्न सके आस्था र पर्यटन दुवैलाई मजबुत बनाउन सकिने बताए। सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक सम्पदालाई उचित रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनले उल्लेख गरे।

मेयर हमालले धार्मिक पर्यटनको विस्तारले रोजगारी सिर्जना, स्थानीय व्यवसायको प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने बताउँदै यसतर्फ सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गरे।


२५ फागुन २०८२, सोमवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु