सुदूरपश्चिममा समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा

धनगढी। सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा नेपाली कांग्रेस र तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले जीत हासिल गरेका छन्।

प्रत्यक्षतर्फको मतगणना सकिएसँगै अहिले समानुपातिकतर्फको मतगणना जारी रहेको छ। प्रदेशभर करिब नौ लाख मत खसेकोमा अहिलेसम्म छ लाखभन्दा बढी मत गणना भइसकेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सुदूरपश्चिममा समानुपातितर्फ सबैभन्दा बढी मत रास्वपाले प्राप्त गरेको छ। रास्वपाले दुई लाख ३४ हजार ७९९ मत पाएको छ।

यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले एक लाख २६ हजार ७५२ मत प्राप्त गरेको छ। नेकपा एमालेले ९८ हजार ८१९ मत पाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ७४ हजार ८७३ मत प्राप्त गरेको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ हजार ३३७, नागरिक उन्मुक्ति पार्टी नेपालले १८ हजार २७३ र श्रम संस्कृति पार्टीले चार हजार २४३ मत प्राप्त गरेका छन्। अन्य दलहरूको मत भने तीन हजारभन्दा कम रहेको निर्वाचन आयोगले जनाएको छ।


२५ फागुन २०८२, सोमवार १३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु