कैलाली–४ मा रास्वपाका कोइरालाको जित सुनिश्चित

कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइरालाको जित सुनिश्चित भएको छ। उनले २४,९२१ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी गोरख बहादुर विष्ट (नेपाली कांग्रेस)ले ९,०२७ मत पाएका छन्। कोइराला १५,८२४ मतले अगाडि छन् भने अब गन्न बाँकी मत ११,७६२ मात्रै रहेकाले उनको जित निश्चित भएको हो। कुल १,१५,१४३ मतदाता रहेको क्षेत्रमा ६३,०३४ जनाले मतदान गरेका थिए।


२३ फागुन २०८२, शनिवार २३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु