punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या

Chaupati
safha napa

धनगढी। धगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्  । धनगढी उपमहानगरपालिका–७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जोशीको उनकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको खुलेको छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् ।

राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी उनको घरमा पुगेको थियो । उनको टाउकोमा कुनै धारिलो हतियार प्रहार गरेको देखिएको छ।

अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जोशीको भने खोजी भइरहेको छ ।


२४ फागुन २०८२, आइतवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु