इजरायली हवाई आक्रमणमा इरानका पूर्वराष्ट्रपति अहमदिनेजादको मृत्यु

इजरायली हवाई आक्रमणमा इरानका पूर्वराष्ट्रपति महमूद अहमदिनेजादको मृत्यु भएको छ । उक्त आक्रमणमा अहमदिनेजादका नजिकका सल्लाहकार र सहयोगीहरू पनि मारिएको बताइएको छ ।स्थानीय मिडिया रिपोर्टका अनुसार, अहमदिनेजादको सुरक्षामा खटाइएका अंगरक्षकहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का सिपाहीहरू थिए ।

शनिबार भएको हवाई आक्रमणमा अहमदिनेजाद आफ्नो टोलीसहित उपस्थित रहेको भवनलाई लक्षित गरिएको थियो । यो भवन इरानको राजधानी तेहरानको उत्तरपूर्वी नर्मक क्षेत्रमा अवस्थित रहेको बताइएको छ, जहाँ पूर्वराष्ट्रपति अहमदीनेजाद पनि बस्छन् ।


१७ फागुन २०८२, आइतवार २२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु