punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौं, सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घटना हुन दिन्नौं : सभापति थापा

Chaupati
safha napa

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्नुका साथै सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घटना हुन नदिने बताएका छन् । नुवाकोटको विदुर नगरपालिका ४ बट्टारमा आइतबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै थापाले भने “पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ। यसलाई कांग्रेसले मुख्य सङ्कल्प लिएर अघि बढेको छ ।”

कांग्रेसले मुलुकमा भइरहेका बेथिति अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए।सम्पूर्ण राजनीतिक दलहरूसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानूनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स-साना समस्यालाई पनि महत्वका रूपमा लिने उनले विश्वास दिलाए।

 


१७ फागुन २०८२, आइतवार २२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु