फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा
सरकारले यही फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले बिहीबार सूचनामार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मिति २०८२ /११/२० देखि २०८२/११/२२ गतेसम्म ३ (तीन) दिन मुलुकभर सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, गृहका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

१४ फागुन २०८२, बिहीवार १६:१३ बजे प्रकाशित













