punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फागुन २० मध्यरातदेखि सवारी सञ्चालन रोक

Chaupati
safha napa

धनगढी। निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। अत्यावश्यक सेवाका सवारी (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मत), कूटनीतिक नियोगका सवारी र आधिकारिक पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ।

आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन आग्रह गरेको छ। उल्लंघन भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरिने जनाएको छ।

मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ। मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित रहनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल आवत–जावतका लागि निजी वा सम्बन्धित एयरलाइन्सको सवारी प्रयोग गर्न दिइनेछ।

मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात अनिवार्य साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ। साथै, मतदान दिन सवारी पास वितरणका लागि आयोग परिसरमा विशेष इकाइ स्थापना गरिनेछ।


१४ फागुन २०८२, बिहीवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु