नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति बैठक

धनगढी। २०८२ माघ १७ गते पछि जारि गरिएको
दोगडाकेदार घोषणा–पत्र इतिहास, संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न देवभूमी बैतडी जिल्ला आज पनि विकासका धेरै सूचकमा पछाडि परेको यथार्थ हामी सबैले स्वीकार्नुपर्छ । जिल्लाको समग्र, दिगो र समावेशी विकासका लागि राजनीतिक दल, स्थानीय सरकार, सञ्चार क्षेत्र, नागरिक समाज, निजी क्षेत्र र सम्पूर्ण जनसमुदायबीच साझा प्रतिबद्धता आवश्यक छ । यही साझा ईच्छाशक्तीलाइ एकीकृत गर्दै यो दोगडाकेदार घोषणापत्र जारी गरिएको छ ।
१। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधीमा प्रदेशभरीका सम्पुर्ण पत्रकार, सञ्चारकर्मी तथा मिडिया हाउसहरुले निर्वाचन तथा पत्रकार आचारसंहिताको पुर्ण पालना गर्ने र स्थानीय तहहरुलाई स्थानीय सञ्चारमाध्यम प्रबर्धन कार्यविधि बनाउन अनुरोध गर्ने ।
२। बैतडी जिल्ला तथा समग्र सुदूरपश्चिमको दिगो विकासँंग जोडीएका तथा राज्यका निकायहरुको आश्वासनमा मात्र सिमित रहेका पञ्चेश्वर परियोजना, पश्चिमसेती परियोजना र जुलाघाट मोटरेवल पुलको निर्माणका लागि दबाव सृजना गर्ने ।
३। सुदूरपश्चिमको दार्चुला स्थित तिंकर देखि बैतडी, डडेल्धुरा हुँदै तराईँको कञ्चनपुर जोड्ने महाकाली करिडोरको काम तिब्र रुपमा प्रभावकारी ढंगले संचालन गर्न सरकारलाई दबाब दिने ।
४। बैतडी जिल्लाभित्र रहेका धार्मिक तथा पुरातात्तवीक सम्पदाहरु ९पातालभुमेश्वर, ग्वाल्लेक संरक्षित क्षेत्र, सिगास संरक्षित क्षेत्र, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली, उदयदेव, रौलाकेदार धाम० लगायतका शक्तीपीठहरुको संरक्षण एवं उचित पुर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने ।
५। दोगडाकेदार गाउँपालिकामा रहेको फास्फोराइड खानीको उत्खनन् तथा सम्भावित सिमेन्ट खानीको प्रसोधनका लागि उचित वातावरणको सृजना गर्न सरकारलाई दबाब दिने ।
६। सार्वजनिक तथा साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पर्यटकीय सम्पदाहरुको लगत संकलन गरी अभिलेखिकरण गर्ने तथा संरक्षण संवर्धनात्मक कार्यक्रम संचालन गर्न पहल गर्ने ।


१७ माघ २०८२, शनिवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु