punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराबाट महर लड्ने

Chaupati
safha napa

डडेलधुरा। डडेल्धुरामा प्रतिनिधि सभाको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरले टिकट पाएका   छन् ।

नेपाली काँग्रेसले महरलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि टिकट दिएको हो ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नलड्ने निर्णय सुनाएपछि पूर्व प्रधानमन्त्री देउवापछि स्वकिय सचिव भानु देउवाले चुनाव लड्ने चर्चा थियो । भानुले समेत निर्वाचन नलड्ने बताएपछि महरले टिकट पाएका हुन् ।  देउवाले पनि महरको नाममा सहमती जनाएका छन् ।

महरलाई नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साँउदले समेत समर्थन गरेका छन् ।

साँउदले महरलाई टिकट दिने कुरामा सहमती जनाएका थिए । साँउद स्वयम पनि आकांक्षी थिए ।
काँग्रेसले आधिकारिक रुपमा  महरलाई टिकट दिईसकेको छ ।


६ माघ २०८२, मंगलवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु