punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदाय सामाजिक परिवर्तनका लागि सङ्गठित भएका छन्।
जातीय भेदभाव तथा दलित समुदायभित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवार एकजुट भएका हुन्। समुदायको एकता र हकअधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरिएको छ। समूहले विशेषगरी दलित समुदायभित्रका दमाइँ, विश्वकर्मा, सार्की, बादीलगायत उपजातिबीच हुने अन्तरजातीय विभेद अन्त्यलाई प्राथमिकतामा राखेको छ।

दलित अगुवा शिवी लुहारका अनुसार दलित समुदायभित्रै पनि चुलोचौका र पानी नचलाउने जस्ता कुप्रथा अझै कायम छन्। “दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी समूह बनाएका छौँ,” उनले भने, “दलितभित्रको अन्तरजातीय विभेद अन्त्य गर्दै आन्तरिक एकता कायम गर्नु र बाह्य विभेदविरुद्ध एकजुट भएर आवाज उठाउनु हाम्रो उद्देश्य हो।”

समूहले दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने लक्ष्य लिएको छ। हाल समूहमा वडा नं ५ का करिब एक सय दलित परिवार आबद्ध भइसकेका छन्। समूहका अध्यक्ष नन्दराम वडका अनुसार आगामी दिनमा सदस्य सङ्ख्या बढाएर दुई सय ५० परिवारसम्म पु¥याउने लक्ष्य राखिएको छ।

समूहले सामाजिक मुद्दासँगै आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेको छ। अध्यक्ष वडले भने, “समूहमा आबद्ध प्रत्येक सदस्यबाट मासिक अनिवार्य एक सय बचत गर्ने व्यवस्था गरिएको छ, जसलाई समुदायको कल्याणकारी कार्यमा खर्च गरिनेछ।”

आर्थिक अभावका कारण दलित समुदायमा मृत्यु संस्कार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सङ्कलित बचत रकमबाट शव वाहनको व्यवस्था, दाउरा तथा किरियापुत्रीलाई आवश्यक खाद्यान्नलगायत सामग्री सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। “योसँग समुदायलाई आर्थिक पछौटेपनबाट छुटकारा दिलाउनका लागि व्यावसायिक तालिम र आयआर्जनसँग जोडछौँ” उनले भने, “जातीय विभेदबारे सचेत पार्नका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरी सक्षम बनाउछौँ।”

वडा नं ५ मा ‘नमूना कार्यक्रम’का रूपमा सुरु गरिएको यस समूहको प्रभावकारिता हेरेर शुक्लाफाँटा नगरपालिकाका अन्य वडामा पनि यस्तै समूह विस्तार गर्ने योजना रहेको अध्यक्ष वडले बताए। स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व र बजेट विनियोजनका सवाल उठिरहेको सन्दर्भमा शुक्लाफाँटामा सुरु भएको यो सङ्गठित प्रयासले जातीय विभेद न्यूनीकरण तथा दलित समुदायको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा सकारात्मक योगदान पु¥याउने वडा सदस्य जयराज पाण्डेयले बताए। “समाज परिवर्तनका लागि थालिएको यस अभियानमा एक्यवद्धता रहेको छ” उनले भने, “वडा तथा नगरका हरेक योजनामा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि कटिबद्ध भएर लाग्छौँ।” रासस


५ माघ २०८२, सोमवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु