punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दै

Chaupati
safha napa

धनगढी । भदौ२४ को जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्भार गरिएको छ।

चार महिना लामो समय लगाउँदै प्रदेश सभा सचिवालय बैठक सञ्चालन गर्नेगरी सभाको भवन मर्मत सम्भार गरिएको जनाएको छ।

भवन मर्मम सम्भार गर्दै कुर्सी, टेबुल, माइक तथा अन्य प्राविधिक उपकरण जडान गरेपछि जेनजी आन्दोलनपछि अवरुद्ध प्रदेश सभाको बैठक बस्ने भएको छ।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाउने निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

उनका अनुसार बैठकमा शून्य समयमा प्रदेश सभा सदस्यलाई बोल्न समय दिने कार्यसूची तय गरिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने र सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस गर्ने बैठकको कार्यसूची रहेको सूचना अधिकारी जैशीले बताए।


१६ पुस २०८२, बुधवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु