punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस

Chaupati
safha napa

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही दिनदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्यावहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए। पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुंगिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले बताए। उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेको जिकिर गरे ।


१२ पुस २०८२, शनिवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु