punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवाटारमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच छलफल

Chaupati
safha napa

प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ। शनिबार अपराह्न पौने ४ बजे प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरू भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्की, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले चुनावको विकल्प नरहेको बताउँदै आएका छन् भने नेकपा एमालेले भने फागुनमा चुनाव नहुने दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको विषय उठाएको छ।

त्यसका लागि एमालेले केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेर संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ। कांग्रेसले पार्टीबाट निर्णय नगरे पनि निवर्मान सांसदहरूले संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरेको छ।

शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुने वातावरण बनाउनका लागि भने तीनै दलका नेताहरूले सरकारसँग आग्रह गर्दै आइरहेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी थिइन्।

शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै जना नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।


१२ पुस २०८२, शनिवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु