punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसले गर्यो उम्मेदवारको सिफारिस

Chaupati
safha napa

धनगढी ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस  गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएको क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्यायले बताउनुभयो ।

यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट हुनुभएको छ । क्षेत्रीय सभापति उपाध्यायले पार्टी केन्द्रको निर्णयअनुसार उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाइएको बताउनुभयो ।

यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दल बहादुर बोहरा सिफारिस हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।

यसैगरी, समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस हुनुभएको छ । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिस हुनुभएको छ ।

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट भने १९ जना आकाङ्क्षी देखिएकाले अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको जनाइएको छ । जसका लागि शनिबार थप छलफल भइरहेको कांग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले बताउनुभयो ।

उहाँका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द आकाङ्क्षी देखिनुभएको छ ।

यसैगरी, प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर आकाङ्क्षी हुनुहुन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने १३ जना आकाङ्क्षी देखिएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति चन्दले बताउनुभयो । शनिबार साझँसम्म निक्र्याेल लगाएर उम्मेदवारहरु सिफासिर गरिने जिल्ला कार्यसमितिले जनाएको छ । सरकारको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारण गरिएको छ ।

 

 


२७ मंसिर २०८२, शनिवार ११:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु