punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट कांग्रेसका तिस जना आकाङ्क्षी

Chaupati
safha napa

धनगढी ।आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षी धेरै देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउनका लागि सो पार्टीले आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि ३० जनाको नाम जिल्ला समितिमा पुगेको हो । कांग्रेस क्षेत्रीय कमिटीले प्रत्यक्ष, समानुपातिकसहित राष्ट्रिय सभाको उम्मेदवारका आकाङ्क्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेका छन् । जिल्ला कमिटीले नाम टुङ्गो लगाएर शुक्रबार प्रदेश कमिटीमा सिफारिस गर्ने भनिए पनि कतिपयको डकुमेन्ट नपुगेका कारण अझै समय लाग्ने जिल्ला सचिव नृप सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार डकुमेन्ट अपुग आकाङ्क्षीको डकुमेन्ट मगाउने र सङ्कलन गर्ने कार्य भइरहेको छ ।

कांग्रेसका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ डा. रणबहादुर चन्द, जनकराज चौधरी, बुद्धिसागर चौधरी र ईश्वरी न्यौपानेको नाम आएको छ । त्यस्तै समानुपातिकतर्फ केशरीकुमारी रावल, उमाकुमारी बादी, धीरजराज रेग्मी, बिर्खबहादुर रावल, सुशीला स्वाँर र राजेशकुमार टमटाको नाम जिल्लामा आएको छ । यसै गरी राष्ट्रिय सभा सदस्यका लागि फकिरसिंह कठायत, नृपबहादुर खड्का र जगन्नाथ रिमालको नाम जिल्ला कमिटीमा आएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ घनश्याम जोशी, कृष्णराज पाण्डेय, विजय स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, नमराज उपाध्याय, वीरबहादुर थारू, मोहनसिंह राठौर, जितेन्द्र उपाध्यायसहित १० जनाको नाम आएको जनाइएको छ । समानुपातिकतर्फ टीका चौधरी, शिव थापा, रीता मुडभरी, सुमन सन्ज्याल, कर्णबहादुर चौधरी, नन्दराम बादी, रवीन्द्रकुमार चौधरी, गोविन्द विष्ट, सुशीला जोशी, बलबहादुर विष्टको नाम आएको जिल्ला समितिले जानकारी दिएको छ । क्षेत्र नम्बर ३ बाट अविनाश चौधरी, खेमराज थारू, भीम बडुवाल र मङ्कर शाहको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । यसै गरी समानुपातिकतर्फ रीता चौधरी, रामकुमारी चौधरी, सम्झना खत्रीको नाम क्षेत्रले जिल्लालाई सिफारिस गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि कलावती शाह र रामचरण चौधरीको नाम सिफारिस भएको जनाइएको छ ।

क्षेत्र नम्बर नं. ४ बाट वीरबहादुर बलायर, नैनसिंह महर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय, भुवन महरा र टेकराज पाण्डेयको नाम आएको जिल्ला कार्य समितिले जानकारी दिएको छ । समानुपातिकतर्फ जानकी पाल, खड्कसिंह बडैला, गोपालबहादुर देउवा, गङ्गा कामी, यज्ञनिधि कोइराला र रमेश ताम्राकारको नाम जिल्ला कमिटीमा आएको जनाइएको छ । यस्तै राष्ट्रिय सभा सदस्यका लागि हिरादत्त भट्ट, डा. लक्ष्मीराज पाठक र गजेन्द्र पन्तको नाम क्षेत्रले जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर नं. ५ बाट डा. आरजु राणा देउवा, डिल्लीराज पन्त, नृपबहादुर वड र नरनारायण शाह (मनु) को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जीवन रानाथारू, सुनिता राना, सुशीला मिश्र, जागृति बोगटी, गौरी लामा, टेकबहादुर रैका, नरबहादुर बम, निपा चोखाल, प्रमिला लम्साल, पुष्पा जोशी भट्ट, मनिराम देवलको नाम आएको जिल्ला कार्य समितिले जानकारी दिएको छ । यसै गरी राष्ट्रिय सभाका लागि रिता भण्डारी, रामचन्द्र ओझा र हरिश खड्काको नाम क्षेत्रीय कमिटीले जिल्लालाई सिफारिस गरेको छ ।

 

 


२७ मंसिर २०८२, शनिवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु