punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली–५ मा डा. आराजु राणा देउवाको उम्मेदवारी चर्चामा

Chaupati
safha napa

धनगढी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि बढेको छ । कांग्रेस निकट स्रोतहरूले दिएको जानकारीअनुसार पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आराजु राणा देउवा सो क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने विषयले तीव्रता पाएको छ ।

जेनजी आन्दोलनपछि स्थानीय कार्यकर्ता, जनप्रतिनिधि तथा पार्टी नेतृत्वसँग निरन्तर आन्तरिक छलफलमा सक्रिय देखिएपछि उनको उम्मेदवारीबारेको चर्चा झनै बलियो बन्दै गएको छ । पार्टी स्रोतका अनुसार हालै कैलाली ५ का काँग्रेस नेताहरूबीच भएको परामर्शमा डा. राणाको नाम अग्रपंक्तिमा रहेको र उनी क्षेत्रको राजनीतिक गतिशीलतामा सक्रिय भईसकेको संकेत मिलेको छ ।

डा. आराजु राणाले पूर्व परराष्ट्रमन्त्रीका रूपमा कूटनीतिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको पार्टी निकट नेताहरू बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय तहमा नेपालको छवि मजबुत बनाउने, कूटनीतिक समन्वय तथा विदेश नीतिमा सक्रियता बढाउने कार्यमा उनले महत्वपूर्ण योगदान दिएका थिए । यही कारण क्षेत्रभित्र पनि उनको नेतृत्व क्षमताबारे सकारात्मक बहस हुँदै आएको देखिन्छ ।

यद्यपि, यो पहिलोपटक होइन कि डा. राणा कैलाली ५ बाट चुनावी प्रतिस्पर्धाको केन्द्रमा आएकी हुन् । यसअघि भएको निर्वाचनमा उनी नारदमुनि रानासँग पराजित भएकी थिइन् । तर, यसपटक स्थानीय नेतृत्व र कार्यकर्ता स्तरमा उनको प्रस्तुतिलाई नयाँ ऊर्जा र अवसरको रूपमा लिइएको कांग्रेस निकट स्रोतहरू बताउँछन् ।

कैलाली क्षेत्र नम्बर ५ का काँग्रेस नेताहरूले छिट्टै आधिकारिक रूपमा नाम सिफारिस गर्ने तयारी थालेको पनि स्रोतले जनाएको छ । चुनाव मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ५ को राजनीतिक वातावरण चर्किँदै गएको छ भने डा. आराजु राणाको सम्भावित उम्मेदवारीले कांग्रेसभित्र नयाँ उत्साह सिर्जना गरेको काँग्रेस स्रोत बताउछ ।


२१ मंसिर २०८२, आइतवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु