सुदूरपश्चिमका स्वास्थ्य कार्यालयको मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट
डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशभरिमै उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराले ८५.२० अंकसहित ‘ए’ ग्रेड हासिल गर्दै उत्कृष्ट भएको हो । यस मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डोटी ८२.५० अंकसहित दोस्रो भएको छ भने कैलाली ८१.७५ अंकसहित तेस्रो भएको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
८ मंसिर २०८२, सोमवार १५:०९ बजे प्रकाशित













