कैलालीमा २० ग्राम लागूऔषध खैराे हेराेइनसहित ९ जना पक्राउ

धनगढी । कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ९ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानमा गरी गरेको चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डागीसहित तीन जनालाई पक्राउ गरेको छ ।
उनले चलाएको म २ प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका–२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् । उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । यस्तै, भजनी नगरपालिका–३ को कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् । उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्रामखैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। गोदावरी नगरपालिका–५ को गेटा मा थप दुई जनालाई पक्राउ गरिएको छ । चेकजाँचका क्रममा बिजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

 


३० कात्तिक २०८२, आइतवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु