punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जेनजी र नेपाली सेनाबिच आज वार्ता

Chaupati
safha napa

काठमाडौँ। जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ। बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो। जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन्। जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु  भइसकेको छ ।  एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले  जनाएको छ।

 


२६ भदौ २०८२, बिहीवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु