ललितपुरबाट स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली घर भएका गौरव स्याङ्तान रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले गौरवको साथबाट सो अवैध रकम र पैसा गन्ने मेसिन समेत बराम गरेको जनाएको छ । यस्तै उनको साथबाट १ किलो ४०० ग्राम गाँजा समेत बरामद भएको छ ।

अवैध रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ । उनीबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


९ भदौ २०८२, सोमवार २२:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु