punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन दशकदेखि बन्द गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम अलपत्र

Chaupati
safha napa

दार्चुला। तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम अलपत्र परेको छ।

चार वर्ष पहिले केएस कन्स्ट्रक्सन प्रा.लि धनगढीले विमानस्थलमा माटो भर्ने (फिलिङ र ग्याबिन) को काम गरे पनि त्यसपछि बजेट अभावमा निर्माण अलपत्र परेको हो। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकले समेत सेवा पाउने छन्।

तत्काल बजेट विनियोजन गरेर विमानस्थलको बाँकी काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ। २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० सालदेखि बन्द रहेको छ। २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ। बन्द भएको तीन दशकभन्दा बढी बितेपछि विमानस्थलको भवन भग्नावशेषमा परिणत भएको छ भने पक्की गर्नुपर्ने विमानस्थल खेल मैदान र गौचरनमा परिणत भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा विमानस्थल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ५० करोड ४९ लाख ४९ हजार बजेटको सुनिश्चित गरिएको थियो। त्यसपछि बहुवर्षीय ठेक्का भएर २०७८ सालमा तीन करोड ५८ लाखमा फिलिङ र ग्याबिनको काम सम्पन्न गर्ने गरेर केएस कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो। अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चित भएर बहुवर्षीय ठेक्का भए पनि लक्ष्य अनुसार पछिल्ला वर्षमा बजेट निकासा नहुँदा कार्य प्रगति न्यून रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए।

पछिल्ला वर्षमा विमानस्थलमा बजेट विनियोजन नहुँदा निर्माण अलपत्र परेको उनको भनाइ छ। विमानस्थल सञ्चालनका लागि पहल गर्न नसकेको भन्दै दार्चुलाबाट निर्वाचित प्रदेश र सङ्घीय सांसदसँगै सरकारसँग स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन्। अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झन्डै साढे तीन सय किलोमिटर सडकमार्गबाट सास्ती भोग्दै दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ। दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वर विमानस्थल छिटो पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको जोडदार माग रहेको छ।

 


६ भदौ २०८२, शुक्रवार १९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु