कैलालीमा १३ वर्षिया किशोरीमाथि बलात्कार गरेको आरोपमा पुरुष पक्राउ
धनगढी। कैलालीमा १३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका– ४ मौरनिया बस्ने ५० वर्षिय रामकृष्ण चौधरी रहेका छन ।
चौधरीलाई जबरजस्ती करणी अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
७ साउन २०८२, बुधवार १२:३५ बजे प्रकाशित































